२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा बिच भलिबलमा पदक विजेता नेपाली टोली स्वदेश फिर्ता

शनिबार भुटानमा सम्पन्न काभा बिच भलिबल प्रतियोगितामा पदक विजेता नेपाली महिला र पुरुष टोली आइतबार स्वदेश फर्केको छ । 
 

नेपाली महिला टोली कमला पुन र मनीषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेका थिए ।

कमला र मनीषाको जोडीले शनिवार उज्बेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्न बन्न सफल भएका हुन ।मालदिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले रजत पदक जितेका हुन। 

बिहीबार देखि सुरु भएको  यो प्रतियोगितामा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । महिलामा नेपालसहित मालदिभ्स, आयोजक भुटान र उज्बेकिस्तानको सहभागिता रहेको थियो ।

नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, मालदिभ्स, उज्बेकिस्तान,तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: २० श्रावण २०८१ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App