२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा बिच भलिबल : नेपालको पुरुष टोली दोस्रो भयो

भुटानको राजधानी थिम्पुस्थित सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा  नेपालको पुरुष राष्ट्रिय टोली दोस्रो हुन सफल भएको छ । 

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शनिबार भएको फाइनलमा नेपालका मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी माल्दिभ्सको ए टिमसँग  २–० को सोझो सेटमा पराजित हुँदै उपाधि चुम्नबाट वञ्चित हुँदै उपबिजेतामा सीमित हुन पुगेको छ । 

यस अघि शनिबार बिहान भएको खेलमा नेपालले माल्दिभ्सको बी टिमलाई पराजित गर्दै  फाइनलमा पुगेको थियो ।

प्रकाशित: १९ श्रावण २०८१ १७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App