२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा बिच भलिबल : नेपालको पुरुष र महिला दुवै टोली सेमिफाइनलमा

नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टिम भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा  पुगेका छन ।  

महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन शुक्रबार थप दुई जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन ।  

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार कमला र मनिषाको जोडीले उज्वेकिस्तान र माल्दिभ्सलाई पराजित गर्दै शत प्रतिशत नतिजाका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४ र २१–१६ ले हरायो ।

त्यसैगरी पुरुषतर्फ पहिलो दिन पराजित मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले दोस्रो दिन लगातार तीन जित निकाल्दै अन्तिम चारको स्थान तय गर्न सफल भएको हो ।

शुक्रबार भुटानलाई २१–१४ र  २१–१४ ले हराएर सुखद् सुरुवात गरेको नेपालले त्यसपछि उज्वेकिस्तानलाई २१–१५ र २१–१५ ले हरायो । समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई २१–१३ र २१–१७ ले पराजत गर्यो ।

सेमिफाइनल र फाइनलका खेलहरु शनिबार नै हुनेछ । च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित: १८ श्रावण २०८१ २१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App