नेपाली राष्ट्रिय पुरुष टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
थिम्पुमा शुक्रबार बिहान भएको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सेटमा पराजित गरेको हो।
पहिलो सेट २१–१४ ले जितेको मान र दिलको जोडीले दोस्रो सेटमा पयिन समान २१–१४ को सहज जित निकाल्यो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग २–० कै सोझो सेटमा पराजित भएको थियो।
महिलातर्फ भने नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकालेको थियो।
च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले खेल्नेछन्। नेपालबाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन्।
प्रकाशित: १८ श्रावण २०८१ १५:३३ शुक्रबार