५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप वुमेन्सः उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

एसिसी एसिया कप महिला क्रिकेट अन्तर्गत आज उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदैछ।

श्रीलङ्कामा जारी सन् २०२४ को एसिया कपको फाइनल खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।

रनगिरी डम्बुला इन्टरनेशन स्टेडियममा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।

हरमनप्रित कौरको कप्तानीमा रहेको साविक विजेता भारतीय टीम ८ औँ पटक उपाधि उचाल्न चाहन्छ भने श्रीलङ्का पहिलोपटक उपाधिको खोजीमा रहने छ।

चामरी अथपथ्थुको कप्तानीमा रहेको श्रीलङ्कन महिला टीम हालसम्म ५ पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा भारतलाई पराजित गर्दै  श्रीलङ्कन टीम आफ्नो रनरअपको ट्याग पनि हटाउन चाहन्छ।

आजको खेलमा भारतकी स्मृति मन्धाना, राधा यादव, दिप्ती शर्मा र शेफाली वर्मामा सबैको नजर रहने छ भने श्रीलङ्काकी कप्तान चामरी, कविशा दिलहारी, विश्मी गुनराथेमाथि सबैको विशेष नजर रहने छ।

प्रकाशित: १३ श्रावण २०८१ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App