१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा प्रिन्स पराजित

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन्।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा गएराति सम्पन्न खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २–० को सोझो सेटमा पराजित भएका हुन्।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन्।  अब प्रिन्सले सोमवार आयरल्याण्डका नाट उयनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन्।

सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो। ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो। प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए। प्रिन्सलाई  अल साल्भाडोरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन्।

भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन्।

दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन्। ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए। टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ।

 

प्रकाशित: १३ श्रावण २०८१ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App