२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कप : नेपाल पाकिस्तानसंग पराजित

एसिसी महिला एसिया कप अन्र्तगत नेपाल पाकिस्तानसंग पराजित भएको छ । श्रीलंकामा आइतबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटबाट पराजित भएको हो।टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो ।  जवाफमा पाकिस्तानले ११ दशमलब ५ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।  

पाकिस्तानका लागि सबैभन्दा वढि गुल फिरोजाले ३५ बलमा १० चौक्कासंगै ५७ रन बनाइन । त्यसैगरी मुनीबा अलीले नट आउट ३४ बलमा ८ चौक्कासंगै ४६ रनको योगदान दिइन ।पाकिस्तानका गुल फिरोजालाई कविता जोशीले आउट गरेकी हुन । उनको बलमा कविता कुँवरले क्याच आउट गरेकी हुन ।

यस अघि नेपालका लागि सबैभन्दा वढि कविता जोशीले नट आउट  ३१ रन बनाइन । उनले २३ बलमा १ छक्का र ४ चौक्का सहित ३१ रन बनाएकी हुन  ।त्यसैगरी सिता रानामगरले ३० बलमा ३ चौक्कासंगै २६ रन बनाईन । पुजा महतोले ३२ बलमा  ३ चौक्कासहित २५ रनको योगदान दिइन । युएई विरुद्ध ७२ रनको पाली खेलेकी सम्झना खड्का ४ रन बनाएर पहिलो ओभरमै आउट भईन । रुविना क्षेत्रीले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा सुन्य रनमा आउट भईन । कविता कुँवरले १३ बलको सामना गर्दै ३ चौक्कासहित १३ रन बनाइन ।  

पाकिस्तानका लागि सादिया इकबालले २ विकेट तथा  फातिमा सानाले १ विकेट लिए भने नेपालका ३ जना व्याटर रन आउट भएका थिए ।

पाकिस्तानको यस प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा पाकिस्तान भारतसंग पराजित भएको थियो । नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो ।सेमिफाइनलमा पुग्न अव नेपालले भारतसंग हुने अन्तिम खेलमा जित निकाल्नै पर्नेछ। पाकिस्तानले आफ्नो अन्तिम खेल युएईसंग खेल्नेछ ।आइतबार सम्पन्न खेलमा भारतले युएईलाई हराएपछि लगातार दुई खेल जितेर सेमिफाइनल नजिक पुगेको छ  । 

प्रकाशित: ६ श्रावण २०८१ २१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App