२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माल्दिभ्समा सोमपालको अलराउन्ड प्रदर्शन

फाइल तस्वीर

पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।

पहिलो खेलमा तीन ओभर बलिङ गर्दै ४४ रन खर्चिएका उनले दोस्रो खेलमा पुनरागमन गरेका हुन्। मिलान क्रिकेट एकेडेमीबाट प्रिमियर लिग खेलिरहेका उनले शनिबार सम्पन्न व्ययान्सा क्लविरुद्धको खेलमा तीन ओभर बलिङ गर्दै १४ रन खर्चिएर तीन विकेट लिए। साथै उनले अविजित रहँदै २० रन पनि बनाए। उनकै सानदार प्रदर्शन प्रेरित मिलानले व्यान्सालाई सात विकेटले पराजित गरेको छ।

जारी प्रतियोगिताको मिलानको यो चौथो जित हो। शीर्ष स्थानमा रहेको मिलानले शतप्रतिशत जितसहित आठ अंक जोडेको छ। व्ययान्साको भने यो तेस्रो हार हो। दुई अंक जोडेको यो टोली चौथो स्थानमा छ।

इकुवेनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो।

व्यान्साका ओपनर थेविन्दु डिकवेलाले सर्वाधिक ५७ रन बनाए। ४८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। रविन्दु रत्नायके २७ र हजिक हसन रासिद २४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

मिलानका सोमपाल र लिम शफिकले समान तीनतीन विकेट लिए। लिमले भने चार ओभर बलिङ गर्दै २० रन खर्चिए। अलि शुनानले दुई विकेट लिँदा अहमद हसनको नाममा एक विकेट रह्यो।

१३६ रनको लक्ष्य मिलानले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो। मिलानका ओपनर युसुफ अज्यानले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५३ बल खेलेका उनले ६ छक्का र दुई चौका प्रहार गरे।

मोहम्मद अजाम ३२, अहमद हसन पाँच र इब्राहिम नाशथ तीन रनमा आउट हुँदा १४ बल खेलेका सोमपालले अविजित रहँदै तीन चौकासहित २० रन प्रहार गरे।

प्रकाशित: ३० असार २०८१ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App