३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

यसवर्षको 'एससीएसएमएफ स्पोर्टस अवार्ड' ओलम्पियन बैकुण्ठ मानन्धरलाई

शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ)ले स्थापना गरेको एससीएसएमएफ स्पोर्टस अवार्ड  ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिने भएको छ ।  

खेलकुदको विकासमा उल्लेख्य योगदान पुर्याएका बरिष्ठ खेलाडीलाई प्रदान गरिने यो अवार्ड यो वर्ष म्याराथन धावक मानन्धरलाई दिन लागिएको हो । मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरे। उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीन वटा स्वर्ण पदक जितेर रेकर्ड बनाएका छन्।  

'एससीएसएमएफ  खेलकुद पुरस्कार भने  २०२४" ओलम्पियन एरिका गुरुङलाई  

यस्तै "एससीएसएमएफ खेलकुद पुरस्कार २०२४' भने ओलम्पियन एरिका गुरुङलाई प्रदान गरिने भएको छ। चीनमा भएको १९औ एशियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल एरिकालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।  

पुरस्कारको राशी जनही २ लाख ५० हजार रुपैयाँ रहेको छ ।  

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरदचन्द्र शाहाको सम्झनामा उनका परिवारहरूद्वारा  २०२० नोभेम्बरमा स्थापना गरिएको हो। शरदचन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिकारुपमा प्रख्यात छन । उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली  पनि हुन् । 

२०३४ देखि२०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका शाह नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार मानिन्नछन् ।  

प्रकाशित: ९ असार २०८१ १९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App