२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

युरोकप फुटबल : जर्मनी र स्वीजरल्यान्डबीच खेल हुँदै

यूईएफए युरोकप फुटबलमा आइतबार राति समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यसअन्तर्गत समूह 'ए'को खेलमा राति पौने एक बजे हुने खेलमा आयोजक जर्मनी र स्वीजरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।  

यसअघिका दुवै खेलमा जित निकाल्दै जर्मनीले प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । चार अंकमा स्वीजरल्यान्ड दोस्रो स्थानमा छ । जर्मनविरुद्धको खेलमा फराकिलो हार भोगे स्वीजरल्यान्डको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्नेछ । जितले भने स्वीजरल्यान्ड समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछन् ।  

राति पौने एक बजे नै हुने अर्को खेलमा स्कटल्यान्ड र हंगेरीबीच खेल हुनेछ । एक अंक रहेको स्कटल्यान्ड तेस्रो र अंकविहीन हंगेरी पुछारमा छन् । हंगेरीमाथि फराकिलो जित र स्वीजरल्यान्डको हारले स्कटल्यान्डको समेत अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । समूह चरणमा स्वीजरल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका थिए ।  

समूह 'बी'बाट स्पेन र समूह 'एफ'बाट पोर्चुगलले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी सबै टिमको टुंगो समूह चरणका अन्तिम खेलबाट मात्र लाग्नेछ । 

प्रकाशित: ९ असार २०८१ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App