१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

यूरोकपमा आज राति अष्ट्रियाले फ्रान्सको सामना गर्ने

यूईएफए यूरोकप- २०२४ मा अष्ट्रियाले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह 'डी' अन्तर्गतको खेल जर्मनीको मेर्कुर स्पेल एरिनामा रातिको पौने एक बजे सुरु हुनेछ । 

फ्रान्स र अष्ट्रियाको यो जारी यूरो कपमा पहिलो खेल हो । सोही समूहको अर्को खेलमा भने नेदरल्यान्ड्सले पोल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

सोमबार नै समूह 'ई' अन्तर्गत दुई खेल हुनेछन् । रोमानिया र युक्रेन आमने सामने हुँदा स्लोभाकियाले बेल्जियमको सामना गर्नेछ । 

रोमानिया र युक्रेनबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे र बेल्जियम र स्लोभाकियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । चारै टिमको यो पहिलो खेल हो ।  

यूरोकपको यो सिजन जर्मनी, स्टिजरल्यान्ड, स्पेन, डिफेन्डिङ च्याम्पियन इटली र इंल्यान्डले विजयी सुरुवात गरेका छन् । 

प्रकाशित: ३ असार २०८१ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App