१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आइसिसी टी–२० विश्वकपः भारतले अमेरिकालाई ७ विकेटबाट हरायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले अमेरिकालाई पराजित गरेको छ ।  

भारतले अमेरिकालाई ७ विकेटबाट पराजित गरेको हो ।टस हारेर पहिला व्याटिङ गरेको आयोजक अमेरिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो।

जवाफमा भारतले  १८ दशमलब २ ओभरमा ३  विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्यो। 

लगातार तेस्रो खेल जित्न  सफल भारत सुपर आठमा पुगेको छ । अमेरिका भने तेस्रो खेलमा पहिलो चोटी पराजित भएको हो । 

अन्तिम खेलमा आयरल्याण्डलाई जित्न सके अमेरिका पनि सुपर आठमा पुग्नेछ । यस समुहमा पाकिस्तान र क्यानडाले ३ खेलबाट २ अंक पाएका छन । आयरल्याण्डले २ खेलबाट कुनै अंक पाएको छैन।

भारतका लागि सबै भन्दा वढि सुर्य कुमार यादवले ५० रनको योगदान दिए । शिभव दुवेले ३१ तथा ऋषभ पन्तले १८ रन बनाए । कप्तान रोहित शर्मा ३ तथा विराट कोहली ० रनमा आउट भए ।  

यस अघि भारतका अर्शदीप सिंहको उत्कृष्ट बलिङ संगै अमेरिका ११० रनमै समेटिएको हो ।

उनले ४ ओभरमा  जम्मा ९ रन दिएर ४ विकेट लिए । अर्शदीपले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर आयोजक अमेरिकालाई दबावमा राखे । उनले पहिलो ओभरमै २ विकेट लिएका हुन ।

हार्दिक पाण्डेयले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यसैगरी अक्षर पटेलले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए।

अमेरिकाका लागि सबै भन्दा वढि नितिश कुमारले २७ रन तथा स्टीवन टेलरले २४ रन बनाए।  

प्रकाशित: ३० जेष्ठ २०८१ २३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App