३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सगरमाथाको चुचुरोमा फहराएको राखेपको झण्डा सदस्यसचिवलाई हस्तान्तरण

एभरेष्ट जुडो क्वलका अध्यक्ष दावा गेल्जेन शेर्पाले सगरमाथाको सफल आरोहण गरेकोमा राष्ट्रिय खेलकुद परिषद्ले बधाई र शुभकामना दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिँदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा खुशी व्यक्त गरेका हुन् ।  

मे २२ का दिन सर्वोच्च शिखरको चुचुरोमा पुगेका शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को लोगो सहितको झण्डा फहराएका थिए । उनले सगरमाथाको चुचुरोमा फहराएको परिषद्को भण्डा सदस्य–सचिव घिसिङलाई हस्तान्तरण गरेका छन् । गेल्जेनको अभियानले खेल पर्यटनलाई समेत टेवा पुग्ने सदस्य सचिव घिसिङले विश्वास व्यक्त गरे ।  

वेसक्यापबाट चार दिनमा चुचुरोमा पुगेर फर्केका शेर्पालाई काठमाडौंदेखि काठमाडौं फर्कन २८ दिन लागेको थियो । जुडोका पूर्व खेलाडी समेत रहेका शेर्पाले खेलकुदको क्षेत्र सगरमाथा चुचुरोसम्म नै छ भन्ने सन्देश दिन आफूले झण्डा लगेको बताए ।  

सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष समेत रहेका गेल्जेनले हिमालको फोहर व्यवस्थापनका लागि खेलकुद क्षेत्रको पनि भूमिका हुन्छ भन्नका लागि चुचुरोमा खेलकुदको झण्डा फहराएको बताए । 

प्रकाशित: ३० जेष्ठ २०८१ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App