१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

यू–१५ विद्यालय खेलकुद: जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

बागमती प्रदेशका जयस्नु महर्जनले यू–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।

पाखेरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे ।  

लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडी तेश्रो भए ।

गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसंग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए । लुम्बिनीका सचिना पुरी र राशी बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेश्रो बने ।

मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए । कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेश्रो स्थानमा रहे ।

सातै प्रदेशबाट समान २८–२८ ब्वाइज÷गल्र्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा ब्वाइज गर्ल्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।

प्रकाशित: ३० जेष्ठ २०८१ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App