१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र श्रीलंकाबीचको खेल हुने स्थान फ्लोरिडामा पानी परकाले टस हुन सकेन

फोटो अनिल मल्ल ठकुरी /नागरिक

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभाव पारेको छ ।  

समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समय अनुसार मंगलबार राति ७:३० बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:१५ बजे० बीच सुरु हुने खेल तालिका भए पनि वर्षाका कारण मैदानमा पानी धेरै जमेकाले अहिले सम्म टस हुन सकेको छैन ।

नेपाल र श्रीलंका दुबै अंक विहिन छन् ।

पहिलो  खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित थियो। यस अघि खेलेको दुवै खेलमा श्रीलंका पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा  बंगलादेशसँग हारेको थियो ।  

नेपाल र श्रीलंकाको खेल हेर्नका लागि अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समर्थक रेनकोट ओडेर भएर पनि खेल हुने प्रतिक्षामा रंगशालामा बसीरहेका छन । 

फोटो अनिल मल्ल ठकुरी नागरिक
फोटो अनिल मल्ल ठकुरी नागरिक
फोटो अनिल मल्ल ठकुरी नागरिक

प्रकाशित: ३० जेष्ठ २०८१ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App