१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

कास्की र तनहुँ उपाधिनजिक

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिनजिक पुगेका छन्।

पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट उपाधि भिडन्त हुने टोलीको टु‌ंगो लागेको हो। आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा तनहुँले बागलुङलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो।

निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजीव श्रीसले ११औं मिनेटमा गोलको खाता खोल्दै टोलीलाई अग्रता दिएका थिए। तर, तनहुँले २२औं मिनेटमा बराबरी गोल फर्कायो। तनहुँका शान्तबहादुर गुरुङले टोलीका लागि गोल गरे भने ३५औं मिनेटमा दीपेश आलेले अर्को गोल थपे।

उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ द म्याच घोषित भए। अर्को सेमिफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको छ। कास्कीका लागि किशोर गुरुङ र राजकुमार कुँवरले समान दुई गोल गरे। किशोरले ४१ र ५९औं मिनेटमा गोल गरे भने राजकुमारले ४४ र ४७औं मिनेटमा गोल गरेका थिए।

खेलमा कास्कीका राजकुमार म्यान अफ द म्याच रहे। फाइनल खेल सोमबार दिउँसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए।

प्रतियोगितामा उपाधि विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रूपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी  छनोट हुनेछन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App