१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्च ओपनको उपाधि कार्लोसलाई

सन् २०२४ को फ्रेन्च ओपन पुरुष एकलतर्फको उपाधि स्पेनिस खेलाडी कार्लोस अल्कारेजले हात पारेका छन्।

आइतवार भएको फाइनल खेलमा चौथो वरीयताका अलेक्जेन्डर ज्वेरेवलाई ६–३, २–६, ५–७, ६–१ र ६–२ ले हराउँदै तेस्रो वरीयताका कार्लोस विजेता बनेका हुन्।

२१ वर्षीय कार्लोसको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो। यसअघि उनले २०२२ मा नर्वेका क्यास्पर रुडलाई हराउँदै युएस ओपनको उपाधि जितेका थिए भने २०२३ मा नोभाक जोकोबीचलाई हराउँदै विम्बल्डनको उपाधि जितेका थिए।

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App