२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

फ्रेन्च ओपन महिलातर्फको उपाधि इगालाई

फ्रेन्च ओपन महिला एकलतर्फको  उपाधि पोल्यान्डकी इगा स्वियातेकले जितेक छिन्।

शनिवार भएको फाइनल खेलमा स्वियातेकले इटलीकी ज्यास्मिन पाओलिनीलाई सोझो सेटमा ६–२, ६–१ ले हराउँदै उपाधि हात पारेकी हुन्।

स्वियातेकको यो चौथो फ्रेन्च ओपनको उपाधि हो।

यसअघि उनले २०२०, २०२२ र २०२३ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् भने  यो उनको पाँचौँ ग्रान्डस्लाम उपाधि पनि हो।

पराजित इटलीकी ज्यास्मिनको भने पहिलोपटक कुनै ग्रान्डस्लाममा पुगेकी थिइन्।

प्रकाशित: २७ जेष्ठ २०८१ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App