२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

जर्मनीमा काठमाडौं किकर्स अपराजित

जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यु–१४ टोलीले आठ खेलमा जित तथा चार खेलमा बराबरीको नतिजासँगै २८ अंक बनाएको छ। प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधिको सम्भावना बलियो बनेको छ।

सोमबार भएको तीन खेलमध्ये किकर्सको यु–१४ टोलीले दुईमा जित र एकमा बराबीको नतिजा निकालेको छ।

सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १–१ गोलको बराबरी नतिजा निकाल्यो। नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरेका थिए। दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबिङलाई १–० गोलले पराजित गर्‍यो। टोलीको यो महत्त्वपूर्ण जितमा आर्यवीर सिंहले निर्णायक गोल गरेका थिए।

टोलीले तेस्रो खेलमा भने एसभी जमरिङलाई ३–० गोल अन्तरले पराजित गर्‍यो। टोलीको यो प्रभावशाली जितमा नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले १–१ गोल गरे। प्रतियोगितामा बाँकी अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्नेछ।

किकर्सको यु–१४ टोली रहेको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी छन्। 

प्रकाशित: ८ जेष्ठ २०८१ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App