नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले पहिलो फिल्डिङको निर्णय गरेको थियो, जसमा पहिलो ओभरदेखि नै क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको थियो।
यसमा ओपनर एलिक एथानाजले आउट हुनुपूर्व २५ बलमा ४७ रन जोडेका थिए। अर्का ओपनर जोनसन चाल्र्स भने शून्यमै आउट हुन पुगे।
त्यसपछि तेस्रो नम्बरमा आएका आन्द्रे फ्लेचरले ५ बलमा १३ रन जोडे। उनी रनआउट भए। १० ओभर सकिदा तीन विकेट गुमाए १०७ रन जोडेको छ।
कप्तान रोस्टन चेज २० बलमा ३१ रन बनाएर खेलिरहेका छन्। नेपालका कमलसिँह ऐरी र कप्तान रोहित पौडेलले एक÷एक विकेट लिएका छन्।
प्रकाशित: १५ वैशाख २०८१ १३:१२ शनिबार