१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुरुष क्रिकेट उपाधिका लागि मधेस र गण्डकी भिड्दै आज

अन्त प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि मधेस र गण्डकी प्रदेशबीच भिडन्त हुँदै छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १४६ रनको लक्ष्य मधेसले १७.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेकाे थियाे।

मधेसका लागि पवन सर्राफले ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। शाहिल पटेलले ४८ रन र मायन यादवले २० रन बनाएका थिए। सुदूरपश्चिमको बलिङमा नरेन साउदले तीन विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमै १४५ रनमा अलआउट भएकाे थियो। सुदूरपश्चिमका लागि वसन्त कार्कीले ३९ रन र अविशेखले २५ रनको योगदान गरेका थिए।

मधेसको बलिङमा रञ्जित कुमारले ६ विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशायी बनाएका थिए। चार ओभरमा १९ रन मात्र खर्चिएका रञ्जित कुमार म्यान अफ दी म्याचसमेत भए।

प्रकाशित: १ वैशाख २०८१ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App