२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आईपीएलका दुई कमजोर टिम मुम्बई र बैङ्गलोर भिड्दै, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ।

मुम्बईको वानखेडे स्टेडियममा हुने मुम्बई र बैङ्गलोरबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनको कमजोर टिम मानिएको मुम्बई र बैङ्गलोरबीच आजको खेल कसले जित्ला भन्नेमा सबैको ध्यान रहने छ। हालम्म सिजनमा मुम्बईले ४ खेलमा १ खेलमा मात्रै जित हात पारेको छ भने ५ खेल खेलेको बैङ्गलोरले पनि १ खेलमा मात्रै जित हात पारेको छ। मुम्बई अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा भने बैङ्गलोर दोस्रो स्थानमा रहेको छ।

फाफ डुप्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर र हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईबीच आजको खेल हेड टु हेडको हुनेछ। आजको खेलमा जित हात पार्दै दुबै टोली अङ्क तालिकामा सुुधार ल्याउन चाहन्छ।

मुम्बई र बैङ्गलोरबीच हालसम्म आईपीएलमा ३४ खेल खेलिएको छ। जसमा मुम्बई बैङ्गलोरमाथि भारी परेको छ। ३४ मध्ये मुम्बईले २० खेलमा जित हासिल गरेको छ भने बैङ्गलोरले १४ खेल जितेको छ। तर, पछिल्लो ५ खेल हेर्ने हो भने बैङ्गलोर मुम्बईमाथि हावी भएको देखिन्छ। ५ मध्ये बैङ्गलोरले ४ मा जित हात पारेको छ भने मुम्बईले जम्मा १ खेल जित हात पारेको छ।

आजको खेलमा विकेट किपर ईशान किशन र दिनेश कात्र्तिक, ब्याट्सम्यानमा विराट कोहली, रोहित शर्मा, सूर्य कुमार यादव, फाफ डुप्लेसिस, अलराउन्डर हार्दिक पाण्ड्या, मोहम्मद नबी, क्यामरन ग्रीन, बलर जसप्रीत बुमराह र यश दयालमाथि सबैको नजर रहने छ।

प्रकाशित: २९ चैत्र २०८० ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App