२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

ऋतृराजको अर्धशतकिय पारीले कोलकोत्तामाथि चेन्नईको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकोत्ता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरम स्टेडियममा गयराति सम्पन्न खेलमा चेन्नईले कोलकोत्तामाथि ६ विकेटको सानदार जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको कोलकोत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। १३८ रनको लक्ष्यसहित मैदान उत्रेको चेन्नईले १४ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा जित हात पार्‍यो।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नईले पछिल्ला २ खेल गुमाए पनि पाँचौ खेलमा भने सानदार जित हात पारेको हो। चेन्नईको जितका लागि कप्तान ऋतुराजले नट आउट रहँदै सर्वाधिक ६७ रनको पारी खेले। डिरेल मिचेलले २५ रन जोड्दा शिवम दुवेले २८ रनको योगदान गरे।

उता श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताका लागि वैभव अरोराले २ विकेट लिँदा वरुण चक्रवर्तीले १ विकेट लिए।

त्यसअघि कोलकोत्ताका कप्तान अय्यरले ३४ रनको पारी खेले भने सुनिल नरिनले २७ र अङ्गकृष रघुवंशीले २४ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले रन जोड्न सकेनन्। कोलकोत्तालाई सस्तोमै रोक्न चेन्नईका रविन्द्र जडेजाले धमाकेदार बलिङ्ग गर्दै जम्मा १८ रन खर्चेर ३ विकेट लिए भने तुषार देशपाण्डेले ३३ रन खर्चेर ३ विकेट हात पारे। मुस्ताफिजुर रहमानले २२ रन खर्चेर २ विकेट लिँदा महिश थिकसनाले २८ रन खर्चेर १ विकेट हात पारे।

जारी सिजनमा कोलकोत्ताको यो पहिलो हार हो। हालसम्म ४ खेल खेलेको कोलकोत्ताले ३ मा जित र १ मा पराजित भएको छ। गयरातिको खेलमा पराजित भएपनि कोलकोत्ता अङ्क तालिकाको दोस्रो स्थानमा यथावत छ भने जित हात पारेको चेन्नई अङ्क तालिकाको चौथो स्थानमा यथावत छ। जारी सिजनमा चेन्नईले ५ खेल खेल्दा ३ मा जित र २ मा पराजित भएको छ।

प्रकाशित: २७ चैत्र २०८० ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App