२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

घरेलु मैदानमा मुम्बईको हार, परागको उत्कृष्ट प्रदर्शनले राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।

गयराति मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पाँच पटकको विजेता मुम्बईले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रन बनायो। १२६ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थाले निर्धारित ओभरमा २७ बल बाँकी छदै ४ विकेट गुमाएर जित हासिल गर्यो।

राजस्थानका लागि रियान पराग नट आउट रहँदै सर्वाधिक ५४ रन जोडे। जुन राजस्थानको जितको लागि वरदान बन्यो।

जारी सिजनमा राजस्थान तेस्रो जितसहित अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ भने हालसम्म ३ खेल खेलेको मुम्बई जितबिहीन अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: २० चैत्र २०८० ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App