२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

हालसम्म जारी सिजनमा पाँच पटकको उपाधि विजेता मुम्बईले २ खेल खेल्दा एक खेलमा पनि जित हात पार्न सकेको छैन। जितबिहीन रहेको मुम्बई अङ्क तालिकाको पुछारमा रहेको छ भने राजस्थानले जारी सिजनमा खेलेको २ खेलमा दुबैमा जित हात पारेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

घरेलु मैदानमा हुने आजको खेलमा मुम्बई जित निकाल्दै आफ्नो शाख जोगाउन चाहन्छ भने राजस्थान जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ।

नयाँ कप्तानको जिम्मेवारीमा रहेका हार्दिक पाण्ड्यामाथि पनि दबाब बढ्न थालेको छ। उनले आज पनि जित निकाल्न नसके उनको विकल्पमा कप्तानीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा बहस हुन थालेको छ।

यस्तै राजस्थानका नयाँ कप्तान बनेका सन्जु सैमसनले आफ्नो जितको यात्रालाई निरन्तरता दिन चाहन्छन्।

प्रकाशित: १९ चैत्र २०८० ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App