१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कप्तान विनोदले टस जित्यो, नेपाल ‘ए’ पहिले फिल्डिङ गर्ने

आयरल्यान्ड वुल्भ्ससँग जारी टि–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारीले टस जित्दै पाहुना टोलीलाई पहिले ब्याटिङको निम्ता दिएका हुन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ‘ए’ नाटकीय रुपमा २१ रनले हारेको थियो ।

२२३ रन पछ्याएको नेपाल ‘ए’का तर्फबाट ओपनर लोकेश बमले शतकीय इनिङ खेलेपछि फिनिसिङ राम्रो हुन नसक्दा घरेलु टोली पराजित भएको थियो ।

प्रकाशित: १७ चैत्र २०८० १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App