२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वैशाख २३ देखि कर्पाेरेट सुपर सिक्सेज

एसएस एभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि हुने भएको छ।

आगामी वैशाख २३ देखि २८ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो। शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले तीन वर्षपछि सातौं सिजन गर्न लागेको जानकारी दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए। तर, ती क्रिकेटरले सम्बन्धित कर्पोरेट हाउटमा पछिल्ला ६ महिनादेखि काम गरेको हुनुपर्नेछ। प्रतियोगितामा पाँच ओभरमा खेलाइने छ।

लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिए। एसएस इभेन्ट्स प्रालिका निर्देशक रौनियारले सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्र्राविधिक सहयोग रहने बताए।

निर्देशक रौनियारले अब छिट्टै उमेरसमूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने योजना सुनाए। सन् २०१४ देखि कर्पोरेट सुपर सिक्सेस हुँदै आएको छ। छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आए पनि सातौं सिजनदेखि नेकोस जोडिएको हो।

शुक्रबार पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो। छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन।

यस सिजनको विजेता र उपविजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउनेछन्। प्रतियोगिताका प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पुरस्कार पाउनेछन्। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।

प्रकाशित: १७ चैत्र २०८० ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App