७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल दिउँसो १ बजे त्रिवी किक्रेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले सोमवारको खेलमा आयरल्यान्ड वुल्भ्सलमाथि ६ विकेटको जित हात पारेको थियो।

यो खेल सकिए पछि नेपाल ‘ए’ ले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँगै ३ टी ट्वान्टी र ३ एकदिवसीय खेल खेल्ने छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल २८ मार्चबाट सुरु हुनेछ।

प्रकाशित: १३ चैत्र २०८० ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App