८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु: कुशल मल्ल

फाइल तस्बिर

नामिबियाबिरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन्।

नेपालले शुक्रवार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत भए।

खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताए। प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्व बुझेको बताए। उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट भए।

उनकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो। कुुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताए। यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उनको धारणा थियो। उनले ७/८ को रन रेटमा रन बनाउने योजना रहे पनि शुरुवाती विकेट गुम्दा केही चुनौति पनि बनेको बताए। डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाए।

उनले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गरे। सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताए। यद्यपि आफूमा यो खेल जोगाउँछ भन्ने आत्मविश्वासमा रहेको पनि उनको भनाइ छ। करणले आफ्नो पहिलो बल योर्कर फ्याक्छु भन्ने अनुरूप बलिङ गरेको बताए। दबाबमा रहेर भन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उनले बताए। नामिबियाविरुद्धको जितले खराब समय सकिएको उनलाई विश्वास लागेको छ। पछिल्ला ४/५ महिना डेथ ओभरमा कसरी बलिङ गर्ने भन्नेबारे काम गरिरहेको करणले खुलासा गरे।

प्रकाशित: १८ फाल्गुन २०८० १९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App