१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिदेशिय टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिदेशिय टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। आजको खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

यसअघि मङ्गलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भयो। आजको खेलमा नेपाललाई जित्नुपर्ने दबाब छ।

आगामी जुनमा हुने टी–२० विश्वकप तयारी स्वरुप भइरहेको खेलमा नेपालको लगातार कमजोर प्रदर्शनले भने निराशा जगाउन थालेको छ। 

प्रकाशित: १६ फाल्गुन २०८० ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App