१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य, लोफ्टी-इटनले बनाए शतक

नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। २० ओभरको समाप्तिमा नामिबियाले ४ विकेट गुमाएर २०६ बनाएको छ।

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पछिल्लो पटक चौथौं विकेटका रुपमा नामिबियाका जन निकोल लोफ्टी-इटनलाई आउट गरेको थियो। उनलाई नेपालका बलर अभिनास बोहराको बलमा गुलशन झाले क्याच आउट गरेका हुन्।

जन निकोल लोफ्टी(इटन ३६ बलमा १०१ रन बनाएर आउट भएका हुन। यसअघि नेपालका कप्तान रोहित पौडेलले २, करण केसीले १ विकेट लिएका थिए। 

प्रकाशित: १५ फाल्गुन २०८० १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App