१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

छोराको बुवा–आमा बने किरण–कञ्चन

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ बुबा बनेका छन्। उनकी पत्नी कञ्चन निरौलाले छोरालाई जन्म दिएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा किरणले तस्बिर राख्दै आफूहरूलाई पुत्र लाभ भएको जानकारी दिएका छन्। 

उनले माया र आशीर्वादको लागि सबैलाई धन्यवाद दिँदै आफूहरूको खुसी संसारमा आएको बताएका छन्।  

किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए। डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए।

किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए।

प्रकाशित: ११ फाल्गुन २०८० १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App