१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल 'ए' ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए ले क्यानडा–११ समक्ष १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपाल ए ले निर्धारित ओभरमध्ये ४७ ओभर खेल्दै सबै विकेट गुमाएर १८१ रन बनायो।

राम्रै सुरुआत गरेको नेपाल ए ले मध्यतिर एक पछि अर्को विकेट गुमाउँदा २ सय रन पनि कटाउन सकेन।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक २७ रन जोडे भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए। सुजन थपलिया २० रनमा आउँट हुँदा रासिद खान र प्रतिश जीसीले समान १९÷१९ रन जोडे।

क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २–२ विकेट लिए।

अहिले भने क्यानडा–११ ले ब्याटिङ्ग गरिरहेको छ।

प्रकाशित: १० फाल्गुन २०८० १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App