२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दैै जम्मा १२३ रन बनाउन सक्यो।

नामिबियाले निर्धारित ५० ओभरमध्य ३५ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो।

नामिबियाका लागि जेजे स्मीथले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्प्लेमेनले २० रन बनाए। अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

नामिबियालाई सस्तोमै समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले सबैभन्दा धेरै ६ विकेट लिए। आर्यनले जम्मा ६ रन खर्चेर एक ओभर मेडन ओभर गरे।

यस्तै काइली क्लेनले २ विकेट लिँदा म्याक्स ओ डड र रोयलफ भेन डर मेर्यूले १/१ विकेट लिए।

जारी सिरिजमा नेदरल्यान्ड्सले जित हात पारेको छैन भने नामिबिया र नेपालले एक एक खेल जितेको छ।

प्रकाशित: ७ फाल्गुन २०८० १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App