त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल र नेदरल्यान्ड बिचको खेलमा नेदरल्यान्डमाथि नेपालले चर्को दबाब सिर्जना गरेको छ।
सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट लिँदै दबाब सिर्जना गरिरहेको नेपाली क्रिकेट टोलीले पछिल्ला तीन ओभरमा लगातार तीन विकेट लिएको छ। जसले नेदरल्यान्ड २८ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएर १०१ रनको स्थितीमा छ।
पछिल्लो विकेट नेपाली कप्तान रोहित पौडेलले नेदरल्यान्डका सरिज अहमदका रुपमा लिएका छन् । २८ औं ओभरको दोस्रो बलमा उनी बोल्ड आउट भए।
यसअघि २७ औं ओभरमा बलिङमा आएका कुशल भुर्तेलले नेपाललाई छैठौं सफलता दिलाएका थिए। उनले नेदरल्यान्डका ब्याटर वेस्ले बारेसीलाई शून्य रनको स्कोरमा आउट गरे।
यसअघि २६ औं ओभरको तेस्रो बलमा नेदरल्यान्डका नोह क्रोजलाई कुशल मल्लले रनआउट गरेका थिए।
यसअघि नेपाली स्पिनर ललित नारायण राजवंशीले दुई विकेट र सोमपाल कामीले एक विकेट लिँदै नेदरल्यान्डलाई ब्याकफूटमा धकेलिदिएका थिए।
प्रकाशित: ५ फाल्गुन २०८० ११:२८ शनिबार