१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध संघर्षरत नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा आज नेपालले घरेलु मैदानमा नामिबियासँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। जुन निर्णयमा उसका सलामी बलर खरो उत्रिएर पहिलो १० ओभरमै ४ विकेट लिएर  नेपाललाई ब्याकफूटमा धकेलिदिएका छन्।

इनिङको पहिलो बलमै नेपालका ओपनर कुशल भुर्तेल आउट हुन पुगेका थिए। त्यसपछि अनिलकुमार साह र आसिफ शेख पनि चार ओभरभित्रै आउट हुन पुगे। १० औं ओभरको तेस्रो बलमा नेपाली कप्तान रोहित पौडेल पनि आउट हुँदा नेपालको स्कोर २१ रन थियो।

त्यहाँबाट सम्हालिएर ब्याटिङ गर्दै भिम सार्की र कुशल मल्लले नेपालको स्कोर ५० रन पूरा गरेका छन्। १९ औं ओभरको सम्पाप्तिमा नेपालको स्कोर चार विकेटको क्षतिमा ६६ रन पुगेको छ । भिम व्यक्तिगत ३५ रन र कुशल १५ रनमा खेलिरहेका छन्।

प्रकाशित: ३ फाल्गुन २०८० १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App