१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

किङडम हिमालयन बास्केटबल बुधबारदेखि

किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ। प्रतियोगितामा तीन विधामा ३२ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पाले जानकारी दिए।

सिनियर ब्वाइज र गल्र्समा समान आठ तथा जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहनेछ। सिनियर ब्वाइज र गल्र्स टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ।

समूहविजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। खेलहरू प्रयासनगर, टोखास्थित आयोजककै कोर्टमा खेलाइनेछ।

प्रकाशित: २ फाल्गुन २०८० ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App