२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडामाथि नेपालको जित

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडामाथि जित हात पारेकाे छ। 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।

नेपालले दिएको दुई सय २५ रनको सामान्य लक्ष्य पछयाएको क्यानडा ४७.५ ओभरमा दुई सय १७ रनमै अलआउट भयो। यससँगै तीन खेलको श्रृंखलामा नेपालले सुखद् शुरुवात ग¥यो । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ चार विकेट दिलाए । जितनजिक पुगेर पनि क्यानडाले जित निकाल्न सकेन। ४२.२ ओभरमा क्यानडा २००÷६ को अवस्थामा थियो। तर त्यसपछि नेपालका स्पिनरले कसिलो बलिङ गर्दै विकेट लिएपछि क्यानडाले नाटकीय हार व्यहो¥यो। ललितनारायण राजवंशीले दुई तथा पवन सर्राफ, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए।

सामान्य लक्ष्य पछयाएको क्यानडाले चौथो ओभरमा नै पहिलो विकेट गुमायो। रिजनले ओपनर नवनित धलिवाललाई ६ रनमै पभेलियन फर्काए। अर्का ओपनर आरोन जोनसन पनि २० रनमा नै आउट भए। उनी सोमपालको बलमा एलबिडब्लु आउट भए। तर त्यसपछि क्यानडा सम्हालियो। पाहुना टोलीले तेस्रो र चौथो विकेटका लागि राम्रो साझेदारी गर्दै जिततर्पm अग्रसर भयो। पर्गत सिंह र निकोलस किर्तनले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे। कप्तान रोहितले पर्गतलाई ५० रनमा आउट गर्दै तेस्रो सफलता दिलाए।

त्यसपछि निकोलसले चौथो विकेटका लागि हर्ष ठाकरेसँग ६० रनको साझेदारी गर्दै राम्रो स्थितिमा पु¥याए। कुशल मल्लले हर्षलाई ३२ रनमा आउट गर्दै यो साझेदारी तोडे। निकोलसले एक छेउबाट इनिङ समाले पनि साथ पाउन सकेनन्। नेपाली बलर स्पिनरले लगातार दबाब बनाए । रोहितले नै श्रेयस मोभालाई १ रनमा आउट गर्दै पाँचौं सफलता दिलाए। ४१ औं ओभरमा निकोलस ६८ रनमा पवनबाट बोल्ड भए। त्यसपछि नेपाली बलरले पूर्ण दबाब बनायो र त्यसपछि क्यानडाका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अन्तिम १० ओभरमा पाँच विकेट गुमाएपछि क्यानडाले साँघुरो हार व्यहो¥यो। नेपालको बलिङमा रोहितले ८.५ ओभरमा दुई मेडन राख्दै २२ रन मात्र खर्चंदै उत्कृष्ट प्रदर्शन गरे। उनी म्यान अफ दी म्याच पनि भए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन सुखद् रहेन। निर्धारित ५० ओभरको अन्तिम बलमा नेपाल दुई सय २४ रनमा अलआउट भयो। ओपनर कुशल भुर्तेलले ६० रन जोड्दा मध्य क्रमका आरिफ सेखले ३८ रनमा आउट भए।

ओपनर आसिफ सेख र कप्तान रोहित समान ८ रनमा आउट भएपछि नेपाल दबाबमा प¥यो। तल्लो क्रमका सोमपालले २७ रन, कुशल मल्लले २० रन र भीम सार्कीले १७ रनको योगदान दिए। क्यानडाको बलिङमा उदय भगवानले तीन विकेट तथा कप्तान साद बिन जफर, ईश्वरज्योत सोहीले समान दुई विकेट लिँदा साहिद अहमदाजाई र हर्ष ठाकरेले समान एक विकेट लिँदै नेपालको इनिङ धराशायी बनाए। यद्यपि, बलिङमा साथ पाएपछि नेपालले जित निकाल्यो । नेपालले दोस्रो खेल शनिवार खेल्नेछ। 

प्रकाशित: २५ माघ २०८० १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App