१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

निरेश र इच्छालाई स्वर्ण

युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबल टेनिसमा शुक्रबार स्वर्ण जितेका छन्।

सिंगल्सको ब्वाइजमा निरेश र गल्र्समा इच्छा पहिलो भएका हुन्। धुम्बाराहीस्थित युनिभर्सलमा भएको ब्वाइज सिंगल्स फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापामगरलाई ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे।

ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेस्रो भए। नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८–११, ११–६ र ११–७ को सेटमा हराइन्। पिक प्वाइन्टकी विष्णु मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेस्रो बने।

प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबल टेनिसका संयोजक विजय खरेलले जनाएका छन्। दुई सिंगल्स स्पर्धामा खेल भएको थियो। विभिन्न पाँच खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन्।

प्रकाशित: २० माघ २०८० ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App