४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय कराँते खेलाडी अनु अधिकारी रिलायवल ग्रुप अफ कम्पनीको ब्राण्ड एम्बेसडर

सन् २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा राष्ट्रका लागि स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय कराँते खेलाडी अनु अधिकारीलाई रिलायवल ग्रुप अफ कम्पनीले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।
 
नेपाली खेलकुद क्षेत्रमा अधिकारीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै माघ १८ गते रिलायवल ग्रुप अफ कम्पनीका निर्देशक मदन चुडाल र अनु अधिकारीबिच भर्चुअल माध्यमबाट सम्झौता भएको हो। अनु अधिकारी हाल प्रशिक्षण तथा प्रतियोगिताको लागि अमेरिकामा रहेकी छिन्।
 
खेलाडी अधिकारीलाई सन् २०२४ का लागि आधिकारिक रूपमा उक्त कम्पनीको ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको छ भने कम्पनीले आगामी एक वर्षसम्म अनु अधिकारीका लागि खेलकुद पोसाक तथा खेल सामाग्रीहरू प्रदान गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भ्रमणका लागि सीमित आर्थिक सहयोगसमेत उपलब्ध गराउने छ।
 
नेपाली बजारमा रेडब्लुईनर्जी तथा बदाम ड्रीङ्क्स जुसको उत्पादन र बिक्री वितरणमा अग्रणी स्थानमा रहेको रिलायवल ग्रुप अफ कम्पनी नेपाली खेलकुदका क्षेत्रमा सहयोग गर्न आफ्नो स्थानबाट निरन्तर लागि रहने प्रतिबद्धता जाहेर गरेको छ।

प्रकाशित: १९ माघ २०८० १९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App