२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

त्यस्तै राति ८ः४५ मा ५ वटा खेल हुँदैछन्। जसमा लिगको ८ औं स्थानको लेष्टर सिटीले ११ औं स्थानको बर्नमाउथ, १६ औं स्थानको साउथह्याम्पटनले १९ औं स्थानको स्टोक सिटी, १८ औं स्थानको स्वान्सी सिटीले १३ औं स्थानको वेस्टह्याम युनाइटेड, चौंथो स्थानको टोटेनह्यामले १४ औं स्थानको हडल्सफिल्ड टाउन, र १० औं स्थानकोे वार्टफोडले २० औं स्थानको वेष्टब्रोमको सामना गर्नेछन्।

यता राति ११ः१५ मा हुने आजको अन्तिम खेलमा लिगको तेस्रो स्थानको लिभरपुलले १५ औं स्थानमा रहेको न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।

प्रिमियर लिगको २८ औं चरणका खेलहरू सकिदा म्यानचेष्टर सिटी ७५ अंकका साथ शिर्ष स्थानमा छ। त्यस्तै ५९ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो, ५७ अंक जोडेको लिभरपुल तेस्रो ५५ अंक जोडेको टोटेनह्याम चाैंथो तथा ५३ अंक जोडेको साविक बिजेता चेल्सी पाँचौं स्थानमा रहेको छ।

प्रकाशित: १९ फाल्गुन २०७४ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App