१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

टाइगर कप भलिबलः महिलातर्फ एपिएफ फाईनलमा

डिफेन्डिङ च्याम्पीयन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा विहीबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई ३–२ सेट अन्तरले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। दोश्रो र तेश्रो संस्करणको उपाधि विजेता एपिएफ लगातार तेश्रो पटक फाइनलमा पुगेको हो। योसँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्ने अवसरसमेत पाएको छ। 

विहीबार बिहान भएको सेमिफाइनल खेलमा एपिएफ आर्मीसँग पहिलो दुई सेट हारेर पराजयको नजिक पुगेको थियो। तर त्यसपछि खेलमा पुनरागमन गर्दै एपिएफले लगातार तीनसेट जितेर फाइनलमा पुग्ने पहिलो टोली बन्यो। कडा प्रतिस्पर्धात्मक खेलमा एपिएफले आर्मीलाई १९–२५, २०–२५, २५–१३, २५–१६ र १५–१३ ले पराजित ग¥यो। 

प्रतियोगिता अन्तर्गत अहिले चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमीबिरुद्ध नेपाल पुलिस क्लबले सामना गरिरहेको छ । विहीबार नै पुरुषतर्फको लिग चरणको बाँकी एक खेल हुनेछ। जसमा विभागिय नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध आयोजक गण्डकी प्रदेश भलिबल संघ प्रतिस्पर्धामा उत्रिनेछ। 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन्। उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए।

प्रकाशित: ४ माघ २०८० ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App