१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

झिल्टुङ दौड माघ ६ मा

झिल्टुङ क्रस कन्ट्री दौडको आठौं संस्करण आगामी माघ ६ गते हुने भएको छ।आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ।

प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा÷छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा÷ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ।तीमध्ये खुला महिला÷पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ।

प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, , सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ।दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ। खुला महिला/पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।स्थानीय खुलाततर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ।भेट्रान खुला पुरुषततर्फका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन्।

खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्पmका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहततर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित: २५ पुस २०८० १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App