१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

रंगशाला बनाउन जुट्दै स्थानीय

गैरीबास खेल मैदान। यसलाई स्तरोन्नति गरी क्रिकेट रंगशाला बनाइने भएको छ। तस्बिर : नागरिक

इलाम नगरपालिका १ साखेजुङस्थित गैरीबास खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा विकास गर्न स्थानीय जुटेका छन्। उनीहरूले मैदानलाई आर्थिक सहयोगको घोषणासहित रंगशाला बनाउन प्रयास थालेका हुन्।

गाउँवासीको भेलामा स्थानीयले सहयोग रकमसमेत घोषणा गरेका छन्। वडाध्यक्ष गायत्रीराम बस्नेतका अनुसार स्थानीय ग्रिनहिल बोर्डिङ र हिमालयन चर्चले मैदान स्तरोन्नतिका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। स्थानीय गिरीबहादुर राईले एक लाख, वडाले ५० हजार, गोविन्दप्रसाद दाहालले २५ हजार, वडाध्यक्ष बस्नेतले २५ हजार र टेकेन्द्र बस्नेतले २५ हजार नगद सहयोग गर्ने घोषणा गरेका छन्।

अहिले बन्द अवस्थामा रहेको सिद्धार्थ आधारभूत विद्यालय रहेको स्थानमा मैदान स्तरोन्नति गर्न वडा सदस्य मोहन गुरुङको संयोजकत्वमा समन्वय समितिसमेत गठन भएको छ। गिरीबहादुर राईको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। स्तरोन्नतिको काम तत्काल अघि बढाइने वडाध्यक्ष बस्नेतले जानकारी दिए।

मैदान स्तरोन्नतिका लागि २५ हजार रुपैयाँभन्दा बढी दान गर्नेको नाम ताम्रपत्रमा उल्लेख गर्ने र त्यसभन्दा कम दान गर्नेको नाम शिलालेखमा राखिने वडाले जनाएको छ।

प्रकाशित: १८ पुस २०८० ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App