२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दोस्रो त्रियुगा अन्तर विद्यालय स्तरीय मेयर रनिङ सिल्ड

क्याप्सनः प्रतियोगिता उद्घाटन कार्यक्रममा रनिङ सिल्ड प्रदर्शन गर्दै त्रियुगा नगरप्रमुख वसन्त बस्नेत । तस्विरःमहेश्वर

गाईघाटमा अघिल्लो दिनदेखि सुरु ‘दोस्रो त्रियुगा अन्तर विद्यालय स्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’को दोस्रो दिन बिहीबार सम्पन्न खेलमा शैसन राईले दोहोरो जित हात पारेका छन्।प्याराडाईज मावि गाईघाटका राईले एथ्लेटिक्सतटर्पm ५ हजार मिटर र १५ सय मिटरमा प्रथम भएर दोहोरो उपाधि पाएका हुन्।

८ सय मिटर दौडको पुरुषतर्फ प्याराडाईजकै वसन्त तामाङ प्रथम हुँदा महिलातर्फ बाल मन्दिर माविकी बेलिना राई प्रथम हुन सफल भएकी छिन् । एथ्लेटिक्सटर्फकै ८ सय मिटर दौड, ज्यावलिङथ्रो, हाई जम्प र लङ जम्प पनि बिहीबार  नै सम्पन्न भएको छ । जसमा ज्यावलिङ थ्रोमा पुरुषतर्फ बाल मन्दिर माविका गणेश तामाङ तथा महिलातर्फ मावि चिलाउनेकी रेनोसा राई प्रथम भएका छन् । हाई जम्पतर्फ त्रिमाविका सुजन तामाङ र महिलातर्फ राम जानकी मावि मोतिगडाकी अस्मिता कटुवाल प्रथम भएका छन्। लङ जम्पमा पुरुषतर्फ त्रिमाविका आशिष चौधरी प्रथम हुँदा रामजानकीकै अस्मिता प्रथम हुन सफल भएकी छिन्।

बिहीबारको खेलमा भलिबलमा पुरुष टिमहरूबिच मात्र प्रतिस्पर्धा गराइएको छ। भलिबलमा पुरुषतर्फ ४ विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ ११ विद्यालय र पुरुषतर्फ १४ वटा विद्यालयको सहभागिता रहेकोमा ४ विद्यालय सेमिफाइनलमा पुगेको आयोजक त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिंह दनुवारले बताए । उनका अनुसार सिंहवती मावि त्रिनिपा १५ खाँबु, त्रियुगा नमुना मावि गाईघाट, जनज्योति मावि चुहाडे त्रिनपा ७ र प्याराडाईज मावि गाईघाट सेमिफाइनलमा पुगेका हुन्। 

सिद्धवतिले जनता मावि चिलाउने त्रिनपा १६ लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने त्रियुगाले जनता मावि देउरी त्रिनपा ५ लाई पराजित गरेको हो । त्यस्तै जनज्योतिले जनता मावि बगाहा त्रिनपा ४ लाई हराएर र प्याराडाईजले बालमन्दी मावि बोक्सेलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् । शुक्रवार हुने फाइनल खेलका लागि सिद्धवतिले त्रियुगा नमुनासँग र जनज्योतिले प्याराडाईजसँग प्रतिस्पर्धा गर्नुपर्ने तालिका छ । 

त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा भईरहेको प्रतियोगिता त्रियुगा नगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन गरिएको हो।आगामी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, कबडी र तेक्वान्दो गरी ५ आइटमका खेलकुदमा नगरपालिकाभरीका सामुदायिक तथा संस्थागत विद्यालयहरु ३२ वटाको सहभागिता रहेको नगर स्थानीय शिक्षा अधिकारी शिवकुमारी राउतले बताएकी छिन्।

प्रकाशित: १२ पुस २०८० १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App