२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

वेलिङटन (रोयटर्स)– ओपनर मनजोत काल्राको अविजित शतकप्रेरित भारतले शनिनबार अस्ट्रेलियलाई ८ विकेटले पराजित गर्दै लगतार चैथो पटक यू–१९  विश्वकप क्रिकेटको उपाधि जितेको छ।

अस्ट्रेलियाले दिएको २ सय १७ रनको मध्यम लक्ष्य भारतले ३८.५ ओभरमा २ विकेट गुमाउदै पुरा गर्‍यो।

१ सय २ बल खेलेका मनजोतले ८ चौका र ३ छक्का मद्दतमा अविजित १ सय १ रनको योगदान दिदा ६१ बलको सामना गरेका हार्भिक देसाईले ५ चौका मद्दतमा अविजित ४७ रनको योगदान दिए। मनजोत र हार्भिकले तेस्रो विकेटका लागि अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाएका थिए। त्यस्तै सुभम गीलले ३१ र पृथ्वी शाहले २९ रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४७.२ ओभरमा सबै विकेट गुमाउदै २ सय १६ रन मात्र जोड्न सक्यो ।

अस्ट्रेलियाका जोनाथन मेर्लोले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै परम उप्पलले ३४ रन जोडे। भारतका  शिव सिंह, कमलेश नगरकोटी,अनुकुल रोय र इशान पोरेलले समान २–२ विकेट लिए।

 

 

प्रकाशित: २० माघ २०७४ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App