१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चौथो टाईगर कप भलिबलः पुरस्कार राशी बढ्यो

आगामी माघको १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको छ।  

टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितामा दुई विदेशी टोलीले सहभागिता जनाउने छन्। महिलातर्फ हरियाणा पुलिस क्लब(भारत) र पुरुषतर्फ श्रीलंका आर्मी टिम(श्रीलंका)ले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि प्रतिस्पर्धा गर्ने टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जनाए।

उनका अनुसार विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए। तेस्रो संस्करणमा भने महिला तर्फ नेपाल पुलिस क्लबको सहभागिता रहेको थिएन।  

महिला तर्फ सशस्त्र प्रहरी बल(एपिएफ क्लब), न्यु डायमण्ड युथ स्पोर्टस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागित रहेको उनले जानकारी दिए। चौथो संस्करणको प्रतिस्पर्धाको लागि ग्रुपले पोखरा रंगशालाभित्रको भलिबल प्रशिक्षण केन्द्रको मैदानलाई मर्मत सम्भार शुरु गरिसकेको छ।  

प्रतियोगितामा विजेता महिला तथा पुरुष दुवै टोलीले समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। यो गतवर्षको भन्दा ५५ हजार रुपैयाँ वृद्धि गरिएको हो । गत वर्षको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो। त्यस्तै उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन्। तेस्रो स्थानमा रहने टोलीले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए। उनका अनुसार पुरुष तर्फ सहभागित विदेशी टोली श्रीलंकाको आर्मी टोली उत्कृष्ट टोली हो।  

पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। दुवै इभेण्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए।  

प्रकाशित: ७ पुस २०८० ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App