१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सत्यवतीलाई एलपिएल

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौं संस्करणको उपाधि सत्यवती एकेडेमीले जितेको छ। कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले पराजित गर्‍यो।

रोमाञ्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफीसहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रूपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तानसमेत रहेका भुवन कार्की घोषित भए। कार्कीले पाँच खेलमा १२ विकेट लिए। 

प्रकाशित: १ पुस २०८० ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App