१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ एसिया कप क्रिकेटः भारतविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन

यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरिरहेको छ। टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको नेपालले खराब प्रदर्शन गर्दै ९ विकेट गुमाइसकेको छ।

जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।

हालसम्मको अवस्थामा नेपालले निर्धारित ५० मध्ये २० ओभर खेल्दै ९ विकेट गुमाइसकेको छ।

नेपालका कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका छैनन्। अहिले मैदानमा हेमन्त धामी र आकाश चन्द ब्याटिङ्ग गरिरहेको छ।

प्रकाशित: २६ मंसिर २०८० ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App