यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजको खेलमा अफगानिस्तानको पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरमा नेपालको तर्फबाट गुल्सन झाले अफगानिस्तान खेलाडी वाफीवुल्ला तरखीललाई आउट गर्दै विकेट लिएका हुन् ।
यस अघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । अघिल्लो खेलमा पाकिस्तानसँग हारेको नेपाललाई आजको आजको खेलमा जित्नै पर्ने दबाब छ।
नेपाल र अफगानिस्तानबीचको खेल युएईस्थित आइसिसी ग्राउन्ड २ मा भइरहेको छ ।
प्रकाशित: २४ मंसिर २०८० ०५:४८ आइतबार